१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

चीनको विकासबाट नेपालले सिक्नुपर्छ’

सभामुख देवराज घिमिरेले छिमेकी मुलुक चीनले गरेको राजनीतिक, आर्थिक, सामाजिक विकासबाट नेपालले सिक्नुपर्ने बताएका छन् ।  

पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ लोकार्पण कार्यक्रममा उनले चीनको राजनीतिक स्थिरता र विकासप्रतिको स्पष्ट नीति निकै प्रशंसनीय रहेको बताए।

चीनसँग कसरी साझेदारी गरेर नेपालले आफ्नो विकासमा तीव्रता ल्याउन सक्छ भन्ने कुरामा ध्यानुपर्नेमा उनको जोड थियो । तर राजनीतिक अस्थिरताकै कारण देशको अवस्था सङ्कटमा पर्न लागेको सभामुख घिमिरेको भनाइ छ ।

कार्यक्रममा पूर्वमुख्यसचिव एवं पूर्व चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, प्रा डा युवराज सङ्ग्रौला र चिनियाँ प्रोफेसर चाङ यु याङ (नेपाली नाम वर्षा)ले लेखक आचार्यको पुस्तकमाथि समीक्षा गरेका थिए । 

प्रकाशित: ५ मंसिर २०८२ २०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App