१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

सीमा विवादमा नेपालको अडान स्पष्ट : सरकार

सरकारका प्रवक्तासमेत रहेका  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखर‍ेलले सीमा विवादमा नेपाल सरकारको अडान स्पष्ट रहेको बताएका छन् । 

सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा उनले विवादास्पद क्षेत्र नेपालकै भूमि भएको र यसलाई कूटनीतिक माध्यमबाट सुल्झाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।

भारतले केही दिन अघि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको थियो । भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुने छ ।

परराष्ट्र मन्त्रालयले आइतबार मात्रै कूटनीतिक नोट पठाउँदै उक्त भू-भागमा कुनै गतिविधि नगर्न दुवै छिमेकी भारत र चीनलाई आग्रह गरेको थियो । यसैबीच भारतले पनि जवाफ फर्काउँदै मानसरोवर जाने बाटो पुरानै विषय भएको दाबी गरेको थियो ।

प्रकाशित: २१ वैशाख २०८३ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App