१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

नेपाल आदिवासी जनजाति महासंघले भन्यो : सोविताले माफी माग्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतम आदिवासी जनजाति समुदायप्रति आफूले दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी छन्। 

चुनावी सम्बोधनका क्रममा उनले ‘आदिवासी जनजाति पैसामा बिक्ने’ भन्ने आशयको अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएकी हुन्। उनको यो अभियक्तिपछि नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् सचिवालय चितवनले आपत्ति जनाएको छ।  

परिषद् सचिवालयले जारी गरेको विज्ञप्तिमा गौतमले यस क्षेत्रका वीर, इमानदार र सचेत आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने वर्ग’ भनेको अभिव्यक्तिले आदिवासी जनजाति समुदायको मानमर्दन गरेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘वर्षौंदेखि आफ्नो पहिचान, स्वाभिमान र अधिकारका लागि संघर्षरत आदिवासी जनजाति समुदायको सम्मानमा गम्भीर चोट पुगेको छ। यसले हाम्रो राजनीतिक चेतना र विवेकमाथि समेत प्रहार गरेको छ।’  

महासंघले सार्वजनिक रूपमा स्पष्टीकरण र माफी माग्न माग गर्नुको साथै यस्ता अभिव्यक्तिले सामाजिक सद्भावमा असर पार्ने भन्दै जिम्मेवार राजनीतिक आचरण अपनाउन आग्रह गरेको छ।  

प्रकाशित: १९ फाल्गुन २०८२ ११:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App