११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

नेपालको चीनसँग कुनै सीमा समस्या छैन : नेता रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले नेपालको चीनसँग कुनै सीमा समस्या नभएको दाबी गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले लिपुलेकका बारेमा नेपालले पहिलो पटक कुरा राखेको भन्दै यसलाई ऐतिहासिक कदम भनेका छन्।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको प्रकट गरेपछि रिजालको यस्तो प्रतिकृया आएको हो।

रिजालले लेखेका छन्, ‘नेपालको चीनसँग कुनै सीमा समस्या छैन। लिपुलेकका बारेमा पहिलो पटक हाम्रा प्रधानमन्त्री केपी ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग कुरा उठाउनु ऐतिहासिक कदम हो। उत्तर होस् वा दक्षिण(छिमेकीसँग आफ्ना कुरा खुलस्त राखेर नै सम्बन्ध प्रगाढ बनाउन सकिन्छ भन्ने मानक प्रम ओली बन्नुभएको छ।’

प्रकाशित: १५ भाद्र २०८२ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App