२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

'प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ।

सभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा सो प्रस्तावमाथिको छलफलमा सभाका सदस्यले विधेयकको सैद्धान्तिक पक्षमा आ-आफनो धारणा राखेका थिए।

सांसदले उठाएका विषयमा गृहमन्त्री लेखकले जवाफ दिँदै आमाको नामबाट नागरिकता दिने व्यवस्थासहित उक्त विधेयक आएको जानकारी दिए।

'नागरिकता प्राप्त गर्ने वा राज्यले प्रदान गर्ने विषय सरल होस्, जटिलता नहोस् भनेर यी व्यवस्थासहित विधेयक प्रस्तुत भएको छ,' गृहमन्त्री लेखकले भने, 'अझै केही कुरा थपेर परिमार्जन गर्नुपर्ने छ भने यसमा सरकार खुला छ। यो विधेयकलाई अन्तिम रूप दिने अधिकार यस सभालाई छ। छिटो पारित भए धेरै नागरिकलाई नागरिकता प्राप्त गर्न सहज हुन्छ।'

राष्ट्रियसभाको अर्को बैठक यही असार ३१ गते मङ्गलबार अपराह्न १:१५ बजे बस्नेछ।

प्रकाशित: २७ असार २०८२ १७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App