१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

नेकपाका एकमात्र जेनजी उम्मेदवार अजयको दाबीः बालेनभन्दा आफू मधेसको छोरा

फागुन २१ गते गर्न भनिएको  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रत्यक्षतर्फका १६४ उम्मेदवारमध्ये उमेरले सबैभन्दा कान्छा हुन् अजय कुशवाहा । मात्र २७ वर्षका उनी बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवार बनेका छन् ।  

प्रसौनी गाउँपालिका २ बेलहिया घर भएका कुशवाहा नेपाल बास्केटबल राष्ट्रिय टोलीका खेलाडी समेत रहेका छ्न्।

पहिलो संविधानसभा सदस्य रहेका रामचन्द्र प्यासीका छोरा अजय देशमा सुशासन र भ्रष्टाचार अन्त्य गर्न उम्मेदवार बनेको दाबी गर्छन् । बास्केटबललाई जसरी नेताहरुले जनतालाई बाउन्स गराएको बताउँदै उनले जेनजी आन्दोलनको मर्म अनुसार अब सबै नेपाली जनताले आफ्नो सही स्थान पाउनु पर्ने धारणा राखे ।  

नेपालमा संघीयता र गणतन्त्रको नेतृत्व गरेका पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले उम्मेदवार बनाएर आफूलाई गुण लगाएको र त्यो गुण आफुले चुनाव जितेर तिर्ने उनको दाबी छ ।  

गत भदौ २३ र २४ गते देशमा सुशासन कायम गर्न र भ्रष्टाचार निवारण गर्न गरिएको जेनजी आन्दोलनमा सहभागी भएको उनले बताए। जेनजी आन्दोलनपछि देशमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सडकबाट मात्र नभएर सदनबाट पनि अवाज उठाउन जरुरी बुझेर आफू नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेको उनको भनाइ छ ।  

वरिष्ठ नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन साह मात्रै मधेसको छोरा भएको भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेसी समुदायहरुलाई गुमराह गर्न खोजेको कुशवाहका दाबी छ । उनले भने, त्यसप्रति सतर्क रहन जरुरी छ ।  

बालेनको मधेसमा कुनै योगदान नरहेको उल्लेख गर्दै उनले मधेसको छोरा बन्न खोजे पनि आफूले खेलकुदका माध्यमबाट आफूले सम्पूर्ण मधेसलाई एकजुट बनाउने प्रयास गरिरहेको बताए ।  

बाराको निर्वाचन क्षेत्र नम्बर ४ मा बाहिरबाट उम्मेदवारहरुले आएर भोट लिने र जितेपछि यहाँको जनतालाई ठग्ने काम गरेकोले यो निर्वाचनमा जनताले स्थानीय उम्मेदवारलाई देखेर मलाई नै सहयोग गर्ने बिश्वास उनको छ। आफुले भोट किनेर चुनाव नजित्जे उनको प्रतिबद्धता छ । 

प्रकाशित: ९ माघ २०८२ १६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App