दर्जन बढी वाम घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले शनिवार काठमाडौंमा एकता सन्देश सभा आयोजना गर्दै छ। बागमती प्रदेश स्तरीय भनिएको यो सन्देश सभा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। सभाअघि काठमाडौंका विभिन्न स्थानबाट ठुला र्यालीहरू निकालिएका छन्।
विभिन्न ठाउँबाट आएका ¥यालीहरू अहिले पनि भृकुटीमण्डप पुग्ने क्रम चलिरहेको छ। बागमती प्रदेशस्तरीय एकता सन्देश सभामा सहभागी हुन विभिन्न जिल्लाबाट नेता–कार्यकर्ताहरू आएका छन् ।
सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।


प्रकाशित: ५ पुस २०८२ १४:०७ शनिबार





