नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो।
उनलाई सुन्धारा आसपास क्षेत्रमा बैठक गरिरहेको अवस्थामा पक्राउ गरिएको हो। नेकपा बहुमतले निर्वाचन बहिष्कारको नीतिसहित गतिविधि सञ्चालन गर्दै आएको छ।
प्रकाशित: ५ फाल्गुन २०८२ २१:२५ मंगलबार





