१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

नेकपाले तोक्यो निर्वाचनका लागि प्रदेशगत जिम्मेवारी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत जिम्मेवारी तोकिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सातै प्रदेशमा जिम्मेवारी तोकेको हो ।  

कोशी प्रदेशमा बेदुराम भुसाल, मधेस प्रदेशमा अग्नि सापकोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको नेकपाले जनाएको छ।

बैठकले नेता तथा कार्यकर्ताको परिचालन सम्बन्धमा ठोस निर्णय लिँदै निर्वाचनका लागि अपिल छिट्टै प्रकाशित गर्ने र घोषणापत्रलाई सम्पादन गरी छिट्टै प्रकाशन गर्ने निर्णय पनि गरेको छ।  

निर्वाचनमा प्रचारप्रसारलाई प्रभावकारी बनाउन अग्नि सापकोटाको नेतृत्वमा जगतनाथ खतिवडा, गोविन्द आचार्य रहेको केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको छ। केन्द्रीय प्रचार समितिले अन्य विभिन्न पक्षसँग आवश्यक परामर्शसहित प्रचार कार्यलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय बैठकले गरेको छ।  

बैठकमा निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे रिपोटिङ गरेका थिए ।  

बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आगामी माघ २२ गते बोलाउने निर्णय गरेको छ।

प्रकाशित: १९ माघ २०८२ १८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App