४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

नेकपाले इन्चार्ज र सह-इन्चार्ज तोक्यो

क्याप्शन

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिले पार्टीका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी बाँटफाँट गरेको छ।

अखिल नेपाल किसान महासंघको इन्चार्ज बलदेव चौधरी र सह-इन्चार्ज कुमार पौडेल, अखिल नेपाल महिला संगठनको इन्चार्ज जयन्ती राई र सहइन्चार्ज कमला रोका, सहिद बेपत्ता तथा घाइते योद्धा संगठनको इन्चार्ज हितराज पाण्डे तथा सहइन्चार्ज कृष्णप्रसाद सापकोटा र बालकृष्ण गैरे तोकिएका छन्।

त्यस्तै, आदिवासी जनजाति महासंघको इन्चार्ज सुरेश आले मगर र सहइन्चार्ज पासाङ शेर्पा, इन्जिनियर्स एसोसिएसनको इन्चार्ज लेखनाथ न्यौपाने र सहइन्चार्ज कपिल आचार्य, उद्योग तथा व्यवसायी महासंघको इन्चार्ज विरोध खतिवडा र सहइन्चार्ज कृष्ण आचार्य, कानुन व्यवसायी संगठनको इन्चार्ज पूर्णबहादुर घर्ती र सहइन्चार्ज रामकुमार ज्ञवाली, खेलकुद महासंघको इन्चार्ज केशव विष्ट र सहइन्चार्ज शिव कोइराला, जनसांस्कृतिक महासंघको इन्चार्ज चेतबहादुर पुन र सहइन्चार्ज इधरचन्द्र ज्ञवाली र उदय श्रेष्ठ तोकिएका छन्।

यसैगरी ट्रेड युनियन महासंघको इन्चार्ज रामदीप आचार्य र सहइन्चार्ज विष्णु लम्साल, दलित संगठनको इन्चार्ज गणेश विक र सहइन्चार्ज दलजित श्रीपाली, नेपाल रिटर्नी एसोसिएसनको इन्चार्ज देवेन्द्र पराजुली र सहइन्चार्ज भवानी खड्का, पर्यटन फाँटको इन्चार्ज पुष्पविक्रम मल्ल र सहइन्चार्ज अन्जन थापा, पेसागत महासंघको इन्चार्ज कृष्णध्वज खड्का र सहइन्चार्ज प्रेमलकुमार खनाल, प्राध्यापक फाँटको इन्चार्ज दीनानाथ शर्मा र सहइन्चार्ज इन्दु आचार्य तोकिएका छन्।

जोगकुमार बरबरिया र रामचन्द्र साह तेलीलाई मधेसी संगठनको इन्चार्ज र सहइन्चार्ज तोकिएको छ। मुस्लिम संगठनको इन्चार्ज महेश्वर गहतराज तथा सहइन्चार्ज हकिकुल्ला खाँ र ताज मोहम्मद मियाँ, युवा संगठनको इन्चार्ज लक्ष्मण केसी तथा सहइन्चार्ज सुमन देवकोटा र ज्ञानबहादुर गुरुङ, वैदेशिक रोजगार व्यवसायी संगठनको इन्चार्ज नागेन्द्र चौधरी र सहइन्चार्ज समिता कार्की, विद्यार्थी संगठनको इन्चार्ज रत्न ढकाल र सहइन्चार्ज सुदेश पराजुली, शिक्षक संगठनको इन्चार्ज माधव सापकोटा र सहइन्चार्ज केदार सञ्जेल तोकिएका छन्।

नेकपाले प्रकाश ज्वालालाई प्रेस संगठनको इन्चार्ज बनाएको छ भने शम्भु श्रेष्ठ र विष्णु सापकोटालाई सहइन्चार्ज तोकेको छ। सहकारी संगठनको इन्चार्ज लिलामणि पौडेल तथा सहइन्चार्ज शरद रसाइली र उदया शर्मा, स्वास्थ्यकर्मी संगठनको इन्चार्ज अन्जना विशंखे र सहइन्चार्ज भक्तिमान सुब्बा, सुकुम्बासी महासंघको इन्चार्ज नहेन्द्र खड्का र सहइन्चार्ज केशव दाहाल तोकिएका छन्।

नेकपाले कमला रोकालाई निर्माण व्यवसायी संगठनको इन्चार्ज, बिपी खनाललाई उपभोक्ता हित सम्बद्ध संगठनको इन्चार्ज, लेखनाथ दाहाललाई मानव अधिकार संगठनको इन्चार्ज, डा. लक्ष्मी ओलीलाई विपद्सम्बन्धी संगठनको इन्चार्ज, आइटी फोरमको इन्चार्ज केशव नेपाल र पूर्वसुरक्षाकर्मी संगठनको इन्चार्ज सन्तु दराईलाई तोकेको छ। सहिद प्रतिष्ठानको इन्चार्जमा धर्मशीला चापागाईं र सहइन्चार्जको जिम्मेवारी रामबहादुर भण्डारीले पाएका छन्।

प्रकाशित: २७ वैशाख २०८३ २०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App