२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

निर्वाचन आचारसंहिताबाहिर नजानु भन्दै रविका नाममा नवलपरासी प्रशासनको पत्र

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रशासनले रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचन आचारसंहिता तोड्ने काम नगर्न सतर्क गराएको छ।

सोमबार जारी गरेको सूचनामा प्रशासनले भनेको छ, ‘प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता, २०८२ लागु भई परिपालना सम्बन्धमा मिति २०८२ साल माघ १४ गते सूचना समेत जारी भएको ब्यहोरा विदितै छ।’

अगाडि भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

रास्वपाले मंगलबार लामिछाने नवलपरासीका दुई निर्वाचन क्षेत्रमा जाने र उम्मेदवार तथा पार्टी नेता-कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएको थियो। प्रशासनले आचारसंहिता उल्लंघन भए कारबाही हुने स्पष्ट संकेत दिएको छ।

प्रकाशित: २७ माघ २०८२ १०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App