नेपाली कांग्रेस इतर पक्षको तीन दिने राष्ट्रिय भेला सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेला सुरु भएको हो।
भेलामा इतर पक्षका शीर्ष नेताहरू सहभागी भएका छन्। भेलामा पूर्व सभापति शेरबहादुर देउवा प्रमुख अतिथिको रूपमा सहभागी भएका छन्। भेलाको संयोजकमा डा. शशांक कोइराला छन्। कार्यक्रममा पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, एनपी साउँद, डा. प्रकाशशरण महत उपस्थित भएका छन्।
त्यस्तै, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, सुजाता परियार, सीता देवकोटा, सीता गुरुङसहितका नेताहरू सहभागी छन्। १४ औँ महाधिवेशनमा तत्कालीन संस्थापन पक्षका सबै केन्द्रीय सदस्यहरूलाई मञ्चमै आसन ग्रहण गराइएको छ।
प्रकाशित: २९ श्रावण २०८३ १४:०७ शुक्रबार





