३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनमा बाल अधिकार हनन भए उजुरी गर्न परिषद्को आग्रह

राष्ट्रिय बाल अधिकार परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बाल अधिकार हनन भएको पाइएमा उजुरी दिन आग्रह गरेको छ।

परिषद्ले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता, २०८२ र बालबालिका सम्बन्धी ऐन, २०७५ लगायत प्रचलित कानुन विपरीत बालबालिकाको प्रयोग वा दुर्व्यवहार भएमा सम्बन्धित निकायमा निवेदन दिन आग्रह गरेको हो।

परिषद्का अनुसार निर्वाचनका बेला बालबालिकालाई जुलुस, प्रचारप्रसार वा अन्य राजनीतिक गतिविधिमा प्रयोग गर्ने, दवाव दिने वा कुनै किसिमले दुर्व्यवहार गर्ने कार्य कानुनविरुद्ध हुने भएकाले यस्ता घटनामा समावेश गरिए उजुरी गर्न सकिने बताएको हो।

बालबालिकाको न्यायका लागि उजुरी दिन चाहने व्यक्ति वा संस्थाले कारबाहीका लागि निर्वाचन आयोगअन्तर्गत जिल्लामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछन्।

साथै, निर्वाचन आयोगले तोकेको आयुक्तको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समिति, जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति वा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको सहायक प्रमुख जिल्ला अधिकारीसमक्ष पनि निवेदन दिन सकिने परिषद्ले जनाएको छ।

प्रकाशित: २९ माघ २०८२ १४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App