संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै, भोटेकोशी बाढीका कारण भएको जनधनको क्षति, उद्धार, राहत तथा प्रभावित नागरिकको अवस्थाबारे सांसदहरूले धारणा समेत राख्नेछन्।
बाढीबाट रसुवालगायतका क्षेत्रमा ठूलो क्षति पुगेको र उद्धार तथा राहतका काम जारी रहेका बेला राष्ट्रिय सभाको बैठकमा विपद्को विषयमा समेत छलफल हुन लागेको हो।
प्रकाशित: १६ भाद्र २०८३ ०९:५५ मंगलबार


-600x400.jpg)

-600x400.jpg)
