राष्ट्रिय सभाको बैठक आज अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्दैछ। उक्त बैठकमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

प्रकाशित: २३ चैत्र २०८२ ०६:२६ सोमबार





