२३ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै : गृहमन्त्रीले तीन अध्यादेश स्वीकृत गर्न पेस गर्ने कार्यसूची

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा तीनवटा अध्यादेश स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।

प्रकाशित: २३ चैत्र २०८२ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App