राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ।
अध्यक्ष नारायणप्रसाद दाहालको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकले भोलिदेखि शुरु हुने २० औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन तथा नवनिर्वाचित सदस्यहरुलाई समितिमा विभाजन लगायतका विषयमा छलफल भएको हो।
सभाको आगामी बैठकको कार्यसूची, सभामा सीट प्लान, सभाको प्रस्तावित कार्यतालिका, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन, समितिमा सदस्यहरुको मनोनयन, उपाध्यक्षको निर्वाचन, सभापतिको निर्वाचन, सभामा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन लगायतका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ।
बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको २० औँ अधिवेशन सफल बनाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको अपेक्षा गरेको बताउँदै सहकार्य र सहजीकरणका लागि आग्रह गरे।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री माननीय सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरु, संघीय संसदका महासचिव, राष्ट्रिय सभाका सचिव लगायतको उपस्थिति थियो।
प्रकाशित: १८ चैत्र २०८२ १४:२८ बुधबार





