११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीसँगको मेरो अध्याय समाप्त भयोः रामकुमारी झाँक्री

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले एकीकृत समाजवादी पार्टी आज दिउँसो १ बजेबाट औपचारिक रूपमा विघटन हुन लागेको बताउँदै, त्यससँगै आफ्नो अध्याय पनि समाप्त भएको स्पष्ट पारिन्।

उनले भनिन्, ‘एकीकृत समाजवादीसँगको यात्रा र अध्याय सकियो। अहिले हामी नयाँ मोडमा छौं।’ झाँक्रीले हाल नेपालमा जेन–जी आन्दोलन र लोकतान्त्रिक चेतनाको जागरणसँगै राजनीतिक दलहरूमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै, लोकतन्त्रको प्रत्याभूति र शान्ति–सुरक्षाका लागि दलहरू स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।

उनका अनुसार एमाले र माओवादी मिलेर बनेको नेकपाले आन्तरिक लोकतन्त्रको संस्कार कमजोर बनाएको थियो। अहिले माओवादी केन्द्र तथा एकीकृत समाजवादी लगायत नौ दलबीच हुन लागेको एकताले पनि लोकतन्त्रको आधार कमजोर पार्ने चिन्ता उत्पन्न गरेको बताइन्।

बुधबारै माओवादी केन्द्र, एकीकृत समाजवादीसहित नौ दलबीच एकता हुँदैछ। नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने बताइएको छ। झाँक्रीसहित एकतामा सहभागी नहुने नेताहरू भने एमालेमा प्रवेशको तयारीमा रहेका छन्।

प्रकाशित: १९ कार्तिक २०८२ ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App