८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रम माथिको छलफलमा सांसदको उपस्थिति न्यून

संघीय संसद्‌मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी रहँदा सांसदहरूको उपस्थिति भने अत्यन्तै न्यून देखिएको छ।

उक्त कार्यक्रमका प्रस्तुतकर्ता प्रधानमन्त्री स्वयम् संसद् बैठकमा अनुपस्थित छन्।

बिहान ११ बजेबाट सुरु भएको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले राष्ट्रपतिमार्फत प्रस्तुत नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राखिरहेका छन्।

यद्यपि, यस लम्बेतान छलफलमा सांसदहरूको रुचि कम देखिएको छ। संसद्‌मा ३५ सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो संशोधन दर्ता गराएका छन्।

त्यसैगरी, यस विषयको छलफलमा भाग लिन ३९ सांसदले नाम लेखाएका छन्।

दिनभर चल्ने यस बैठकमा सांसदहरू चिया तथा खाजा खानका लागि बाहिरिने गरेका कारण पनि संसद् बैठक कक्षमा अपेक्षाकृत कम उपस्थिति देखिएको हो।

यसैबीच, आजैको संसद् बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता पनि प्रस्तुत हुने कार्यसूची रहेको छ।

प्रकाशित: ३१ वैशाख २०८३ १६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App