१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

सांसद तामाङ भन्छिन्- नाकको २५० रुपैयाँको फुलीबाहेक मसँग सुन छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आसिका तामाङले आफूसँग नाकमा लगाएको सामान्य फुलीबाहेक अन्य कुनै पनि सुनका गहना नरहेको बताएकी छन्।

सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पादित तस्बिरको खण्डन गर्दै उनले यस्तो प्रस्टीकरण दिएकी हुन्।

पछिल्लो समय फेसबुकलगायतका सामाजिक सञ्जालमा सांसद तामाङको तस्बिरलाई सम्पादन गरी सुनैसुनले भरिभराउ बनाइएका पोस्टहरू भाइरल भइरहेका थिए। सोही विषयलाई लिएर उनले प्रस्टीकरण दिएकी हुन्।

उनले भनेकी छन्, ‘फेसबुकभरि मेरो फोटोलाई सुनैसुनले भरिभराउ पारिदिनुभएको रहेछ। तर वास्तविकता के हो भने, नाकमा लाको रु. २५० को फुलीबाहेक मेरो कुनै सुन छैन।’

सांसद तामाङले सुन नहुँदैमा मानिस गरिब नहुने तर्कसमेत गरेकी छन्। भौतिक सम्पत्तिभन्दा मानिसको विचार र आवश्यकता महत्त्वपूर्ण हुने उनको भनाइ छ।

भगवान् शिवको उदाहरण दिँदै उनले लेखेकी छन्, ‘यदि सुन नभएर मान्छे गरिब हुने भए भगवान् शिव यो संसारका सबैभन्दा गरिब हुने थिए होला। किनकि उनी पर्वतमा बस्छन्, चट्टानमा सुत्छन्, बाघको छाला उनका कपडा, नागको माला उनको गहना।’

पशुपतिनाथ उत्पत्ति भएको देशमा कोही पनि गरिब नरहेको भन्दै उनले मानिसको सोच मात्र गरिब हुने टिप्पणी गरिन्। उनले भनिन् ‘पशुपतिनाथ उत्पत्ति भएको देशमा हामी कोहि गरिब छैनौं, गरिब छ त हाम्रो सोच ! सुन नभएर पनि हामी बाँच्न सक्छौं तर नुन भएन भने हामी बाँच्न सक्दैनौं’

प्रकाशित: ३० चैत्र २०८२ २०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App