नवलपुरको छिपछिपे र चितवनको सनराईज सहकारीको रकम अपचलनमा मुछिएकी संघीय सांसद गीता बस्नेत धरौटीमा रिहा भएकी छन् ।
नवलपुरमा १५ लाख र चितवनमा २५ लाख धरौटी बुझाएर सांसद बस्नेत रिहा भएकी हुन् । उनी नवलपुरमा बुधबार र चितवनमा बिहीबार धरौटी बुझाएर रिहा भएकी हुन् ।
सहकारी ठगी मुद्दामा मुछिएर फरार रहेकी सांसद बस्नेत भारतको लखनउस्थित स्वास्थ्य उपचारको क्रममा रहेको खुलेको छ । विगतदेखि नै मुटु रोगले ग्रसित भई काठमाडौंलगायत अन्य विभिन्न ठाउँमा उपचार गराईरहेकी उनी अहिले पनि उपचारका क्रममा रहेको पाइएको छ । उनी बर्दियामा राप्रपाबाट समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।
नवलपुर जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीको ईजलासले बुधबार अदालतमा थुनछेकको बहस हुँदा बस्नेत रिहा भएकी थिएन् । यस्तै बिहीबार २५ हजार धरौटी बुझाएर धरौटी बुझाएर सांसद बस्नेत रिहा भएको चितवन अदालतका सुचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
नवलपुरको छिपछिपे सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापक योगेन्द्र पाण्डेले कृष्णसार रिसोर्टलाई १८ लाख ८६ हजार पठाएको र ५ हजार फिर्ता लगेको प्रमाणले देखाएको छ । यस्तै गुलरियाको कृष्णसार रिसोर्ट प्रालिको अध्यक्ष सञ्जिव महतो हुँदा १५ करोड आएको देखिएको छ । रिसोर्टको जग्गा बस्नेतको नाममा रहेको देखिन्छ ।
बस्नेतले सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (त) बमोजिम कसुरमा बस्नेतसहित ४ जनाको संलग्नता छिपछिपे सहकारी संस्थाको ९६ लाख ६४ हजार ४ सय ४५ दशमलव ७९ पैसा हिनामिना गरेको पुष्टि भएको आधारमा हिनामिना गरेको विगो रकमको आधारमा सोही ऐनको १२४ को उपदफा (१)को देहाय (घ)बमोजिम सजाय हुन मागदावी लिई अभियोग पत्र दायर भएको थियो ।
अदालतमा बस्नेतले कृष्णसार रिसोर्ट प्रालिमा सुरुमा १० लाख लगानी गरी शेयर खरिद गरी रिसोर्टमा आवद्ध भएको बयान दिएकी छन् ।
छानविनकर्ता गौतमको प्रतिवेदनमा सहकारी संस्थाको बस्नेत, रिमाल, पाण्डे र महतोसमेत चार जना उपर सामुहिक दायित्व बहन गराई असुल हुनुपर्ने विगो ९६ लाख ६४ हजार ४ सय ४५ उक्त सहकारी संस्थाको लेखा श्रेस्ता आधारमा तयार भएको प्रतिवेदनमा उल्लेख भएको देखिन्छ ।
प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरि हाललाई सांसद बस्नेतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८(१) र ७२ बमोजिम १५ लाख धरौटीमा रिहा नवलपुर अदालतले आदेश दिएको थियो ।
प्रकाशित: १९ भाद्र २०८२ १९:२५ बिहीबार





