सांसद विपिनकुमार आचार्यले नेपाली मुद्राको मौलिक र युनिकोडमा प्रयोग गर्न मिल्ने प्रतीक (सिम्बोल) निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
आजको संसद् बैठकमा बोल्दै आचार्यले यस्तो बताएका हुन्। उनले विश्वका शक्तिशाली मुद्राहरू डलर, युरो, पाउन्ड र जापानी येनजस्तै नेपाली मुद्राको पनि आफ्नै मौलिक पहिचान र प्रतीक आवश्यक रहेको बताए।
उनले आजको ग्लोबल फिनटेक युगमा नेपाली मुद्राका लागि देवनागरीमा आधारित सहज र मौलिक प्रतीक निर्माण गर्नुपर्ने बताए। यस्तो प्रतीक निर्माणका लागि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले नेपाली मुद्राको अन्तर्राष्ट्रिय पहिचानलाई समेत थप व्यवस्थित गर्नुपर्ने धारणा राखे।
यसअघि आचार्यले जरिवानासम्बन्धी व्यवस्थामा सुधार गर्न पनि सुझाव दिएका थिए। उनले जरिवानाको रकम घटाउन, पहिलोपटक गल्ती गर्नेलाई एकपटक जरिवाना मिनाहा गर्ने व्यवस्था गर्न तथा आर्थिक वर्षमा ३० दिनको सीमा तोकेर जरिवाना लिई पुनः प्रवेश अनुमति दिने व्यवस्था गर्न सुझाव दिएका थिए।
प्रकाशित: १५ आश्विन २०८३ ११:४९ बिहीबार





