२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री श्रेष्ठको सल्लाहकार समूहले पायो पूर्णता, मन्त्रालयले भन्यो : नीति निर्माणमा आवश्यक सुझाव र परामर्श दिने छन्

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन्। मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै उनको सल्लाहकार समूहले पूर्णता पाएको हो।

मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई सल्लाहकार (निजी क्षेत्र) नियुक्त गरेका छन्।

यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका छन्। नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन्।

मन्त्रीका सल्लाहकारहरूले सम्बन्धित क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायतका विषयमा आवश्यक सुझाव र परामर्श दिने छन्। सबै सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०८३ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App