१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

भौतिक मन्त्री दाहाल मनिला प्रस्थान

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन्। सडक सुरक्षा सम्बन्धी एशिया प्यासिफिक सम्मेलनमा सहभागीताका लागि आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

एशियाली विकास बैंकको प्रधान कार्यालय मेट्रो मनिलामा ९ देखि ११ सेप्टेम्बरसम्म हुने सम्मेलनका लागि मन्त्री दाहालसहितको प्रतिनिधि मण्डल त्यसतर्फ गएको हो। सम्मेलनमा मन्त्री दाहालले नेपालमा सडक सुरक्षाको अवस्था, चुनौती, प्रयास लगायतका बारेमा पहिलो दिनको शत्रमा सम्बोधन गर्ने छन्।

सम्मेलनमा नेपालसहित भुटान, फिजी, अर्मेनिया, कम्बोडीया, पाकिस्तान लगायतका देशका मन्त्री, प्रतिनिधि, विकास साझेदार एवं विज्ञहरूको सहभागिता रहने छ। मन्त्री दाहाल आगामी भदौ २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। 

प्रकाशित: २३ भाद्र २०८२ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App