२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल

प्रतिनिधिसभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ। 

प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश विधेयक टेबुल गरेका हुन्।

प्रतिनिधिसभाको अर्को बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्नेछ।

प्रकाशित: २४ चैत्र २०८२ १५:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App