२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

दुई संसदीय समितिको बैठक बस्दै

सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दै छ। निर्धारित कार्यक्रमअनुसार आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ।

पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ। यस्तै, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा बैठकमा छलफल हुने कार्यसूची छ।

विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ।

प्रकाशित: १ भाद्र २०८२ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App