३० भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपति र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी बाढी विपद् र संसद्‌को चालु अधिवेशनको प्रभावकारितालगायत विषयमा छलफल भएको छ।

भेटका क्रममा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षति, प्रभावितहरूको खोजी तथा उद्धार, राहत वितरण, अस्थायी आवास निर्माण र दीर्घकालीन पुनर्स्थापनाका विषयमा कुराकानी भएको थियो।

यसैगरी, राष्ट्रिय सभाको समग्र कामकारबाही, चालु अधिवेशनको प्रभावकारिता तथा संसद्‌मा विचाराधीन रहेका नयाँ विधेयकहरूको पछिल्लो अवस्थाबारे पनि छलफल भएको जनाइएको छ।

प्रकाशित: ३० भाद्र २०८३ १९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App