राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता भएको छ।
सभापतिको बुढानिलकण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
भेटको क्रममा भोटेकोशी बाढीबाट भएको क्षतिबारे राजदूत माओमिङले दुःख व्यक्त गरेका छन्। चीनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न तयार रहेको उनले बताएका छन्।
उनले चीन खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै विपद्लगत्तै उद्धारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने बताए।
यस्तै, सभापति लामिछानेले पनि विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनले विपद्पूर्वको सूचना प्रणालीलाई अझ सुदृढीकरण गर्दै थप समन्वयात्मक बनाउन आग्रह गरे।
राजदूतले पनि पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन चीन प्रतिबद्ध रहेको बताए।
प्रकाशित: १६ भाद्र २०८३ १८:२६ मंगलबार





-600x400.jpg)