३० श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री खनाल र महामन्त्री सिंहबिच भेटवार्ता : यी हुन छलफलका एजेन्डा

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा (मसाल) का महामन्त्री तथा वरिष्ठ वामपन्थी नेता मोहनविक्रम सिंहबिच मुलुकको पछिल्लो राष्ट्रिय राजनीतिक अवस्था र बदलिँदो परिस्थितिबारे छलफल भएको छ।

आज सिंह निवास बनस्थलीमा भएको भेटवार्तामा मुलुकको जटिल बन्दै गएको राजनीतिक परिस्थिति, राष्ट्रिय स्वाधीनता तथा सार्वभौमसत्तामाथि उत्पन्न हुन सक्ने चुनौती र सम्भावित बाह्य हस्तक्षेपका विषयमा गम्भीर चिन्ता व्यक्त गरिएको थियो।

छलफलका क्रममा वर्तमान परिस्थितिको गम्भीर विश्लेषण गर्दै वामपन्थी शक्तिहरूका साथै सबै देशभक्त तथा लोकतान्त्रिक शक्तिबिच कार्यगत एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिप्रति सजग रहँदै मुलुकको राष्ट्रिय हित, स्वाधीनता र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि जिम्मेवार राजनीतिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने विषयमा दुवै नेताबिच विचार-विमर्श भएको छ ।

भेटवार्तामा मुलुकको वर्तमान राजनीतिक संकट तथा त्यसबाट उत्पन्न हुन सक्ने चुनौतीको सामना गर्न राष्ट्रिय हितलाई केन्द्रमा राखेर राजनीतिक शक्तिहरूबिच सहकार्य र समन्वय बढाउनुपर्ने आवश्यकतामाथि समेत छलफल भएको थियो।

प्रकाशित: २९ श्रावण २०८३ १८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App