६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

नेकपा एमाले नामक सामन्ती संस्कारको अवशेष यही पतनको पराकाष्ठामा पुगेर टुंगियोस् : मुमाराम खनाल

राजनीतिक विश्लेषक मुमाराम खनालले नेकपा (एमाले) र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कडा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत खनालले टिप्पणी गर्दै कथित समानताको नाममा स्थापित भएको ‘पाखण्डको सिंहासन’ ढलेको बताएका छन्। उनले यस्तो पाखण्डको सिंहासन त्यसै नढलेको उल्लेख गर्दै यसको ‘कुरुप तस्बिर’ इतिहासबाट नामेट हुन अभिशप्त रहेको टिप्पणी गरे।

खनालले नेकपा एमालेमा ‘सामन्ती संस्कारको अवशेष’ रहेको दाबी गर्दै त्यसको पतनको पराकाष्ठा यहीँ पुगेर सदाका लागि टुंगिनुपर्ने बताएका छन्।

'कथित समानताको नाममा स्थापित हुने यस्तो पाखण्डको सिंहासन त्यसै ढलेको होइन। यो कुरुप तस्बिर इतिहासबाट नामेट हुनको लागि अभिसप्त छ। नेकपा एमाले नामक सामन्ति संस्कारको अवशेष यही पतनको पराकाष्ठामा पुगेर सदाको लागि टुंगियोस्,' उनले भनेका छन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई ‘महासामन्तवाद’को संज्ञा दिँदै त्यसलाई बोकेर महापतनको यात्रामा विलीन र दास बन्न अस्वीकार गर्ने एमालेभित्रका राजनीतिक समूहलाई पार्टी पुनर्गठन गर्ने साहस मिलोस् भन्ने कामना समेत गरे।

'केपी ओलीको महासामन्तवाद बोकेर महापतनको यात्रामा विलीन र दास बन्न अस्वीकार गर्ने एमालेका राजनीतिक जमातलाई पार्टी पुनगर्ठन गर्ने शाहस मिलोस्,' खनालले भने।

प्रकाशित: ६ आश्विन २०८३ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App