२ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

माओवादीले पनि भन्योः निर्वाचन हुनेमा शंका छ, सरकारले वातावरण बनाउन सकेन

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले ‘वातावरण बनाउन नसकेको’ भन्दै निर्वाचन हुनेमा शंका व्यक्त गरेका छन्। बिहीबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुन पुगेका बेला सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले यस्तो शंका व्यक्त गरेका हुन्।  

‘निर्वाचन त हुनुपर्छ भन्ने नै हो। र, निर्वाचनमा हामी सहभागी हुन्छौँ भन्नेकुरा पनि हो,’ गुरुङले भने, ‘निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो। निर्वाचनको आह्वान, निर्वाचनको मिति तोकेर निर्वाचनको आह्वान गरेको छ सरकारले हो। सरकारले निर्वाचनको लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ।’

माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेको कुरा पहिले नै भनिसकेको गुरुङले बताए। तर दलहरूलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनको लागि कुनै भुमिका नखेलेको आरोप उनको छ। ‘राजनीतिक दलहरूको विरुद्धमा जुन ढंगले प्रतिशोधको भावनासहित जसरी सरकारको काम कारबाही अगाडी बढिरहेको छ । त्यसले निष्पक्ष, स्वतन्त्र ढंगवाट निर्वाचन हुन्छ भन्नेमा आंशका पैदा गराइराखेको छ’, उनले भने।  

प्रकाशित: ३० आश्विन २०८२ १४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App