नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), स्थायी समितिको बैठक आज तेस्रो दिन सुरू भएको छ ।
यही साउन १६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको बैठकमा शनिबार पदाधिकारी, अनुशासन आयोग र स्थायी समिति सदस्य गरी २५ जनाले धारणा राखेका थिए। आज बाँकी पदाधिकारीहरूले धारणा राखिरहेका छन्।
बैठकमा बोल्नका लागि प्रत्येक सदस्यलाई १० मिनेटको समय निर्धारण गरिएको छ।
प्रकाशित: १८ श्रावण २०८२ १३:०० आइतबार





