१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

८४ मा हाम्रो विचारलाई जिताउनु, नत्र, रुँदै बस्नु : हेर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हेर्क साम्पाङले ८४ मा आफूलाई जिताउन फेरि एक पटक आग्रह गरेका छन्।

उनले आगामी ८४ को निर्वाचनमा जिताए प्रहरी र न्यायलयलाई राजनीतिक हस्तक्षेप मुक्त राज्यको निकाय बनाउने घोषणा समेत गरेका छन्। साथै उनले सरकारको कटपुतली नभइ राज्यको बलियो आधार बनाउने पनि बताए।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, 'सरकारको कटपुतली होइन राज्यको बलियो आधार बनाउनेछौँ! नत्र, रुँदै बस्नु!'

मेयर साम्पाङले आफू र आफ्नो विचारलाई ८४ को निर्वाचनमा जिताउन बारम्बार अपिल गर्दै आइरहेका छन्।

प्रकाशित: १६ श्रावण २०८२ ०८:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App