२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

महेश भन्छन्- ‘लुसिफर’ ले राजीनामा दिँदा एमालेले चुनाव नलडी मेयर जित्यो

नेकपा एमालेका सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामासँगै आफ्नो पार्टीले चुनाव नलडी मेयर जितेको टिप्पणी गरेका छन्।

आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएको प्रसङ्ग कोट्याउँदै एमालेको जित भएको दाबी गरेका हुन्।

बालेनको राजीनामापछि एमालेबाट निर्वाचित उपमेयर डंगोल स्वतः कार्यवाहक मेयर बनेकी छिन्।

सम्बोधनका क्रममा बस्नेतले बालेनलाई लुसिफरको संज्ञा दिँदै उनले भने, ‘चुनाव नलडीकन नेकपा एमालेले काठमाडौं महानगरपालिकामा मेयर जितेको छ। लुसिफरले राजीनामा दिएको छ, चुनाव नलडीकन नेकपा एमालेले जितेको छ।’

विगतको निर्वाचनमा एमाले पराजित भए पनि तीन वर्षपछि पुनः नेतृत्वमा फर्किएको उनले जिकिर गरे। ‘हराए नि त एमाले, कति हराउँदो रहेछ ? एक वर्ष, दुई वर्ष, तीन वर्ष,’ बस्नेतले भने, ‘तीन वर्षपछि त चुनाव नलडी एमाले जित्दो रहेछ।’

सो क्रममा उनले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेकोमा सुनिता डंगोललाई बधाई तथा शुभकामना समेत दिए। ‘सुनिता डंगोललाई कार्यवाहक मेयरको हार्दिक शुभकामना छ,’ उनले भने।

बालेन शाहले प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न आइतबार पदबाट राजीनामा दिएपछि महानगरको बागडोर एमालेकी नेतृ डंगोलको काँधमा आएको हो।

प्रकाशित: ४ माघ २०८२ १६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App