२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महेश भन्छन्ः रास्वपाको बुद्धी ढिलो आयो

नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपाको बुद्धी पहिल्यै आएको भए अहिलको अवस्था सम्म मुलुक नआइपुग्ने बताएका छन्।  

रास्वपाले भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनमा सहभागी कार्यकर्ताको जिम्मेवारी पार्टीले नलिने  र त्यस्त  व्यक्तिहरूले पार्टी छाडेर अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्छ भनेपछि उनको यस्तो प्रतिक्रिया आएको हो।  

‘यदि यस्तै स्पष्ट बोध र बुद्धि पहिल्यै आएको भए न त यस्तो अराजक गतिविधि हुन्थ्यो, न रास्वपाको आजको अवस्था यसरी खस्कन्थ्यो,’ बस्नेतले सामाजिक सन्जालमा लेखेका छन्, ‘न त रवि लामिछानेमाथि १४ हजार कैदी भगाएको जस्तो गम्भीर दाग लाग्थ्यो, न पुराना दलहरूलाई आधारहीन आरोप खेप्नु पथ्र्यो।’

प्रकाशित: २ आश्विन २०८२ ११:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App