२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

महेशको व्यङ्ग रविलाईः स्मार्ट ठगले नानीको बालाई नख्खुमै बोलाएछन् !

नेकपा (एमाले)का नेता  महेश बस्नेतले  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले हिजो रास्वपाका सभापति रवि लामिछानेलाई भेटेको विषयलाई  लिएर सामाजिक सञ्जालमा व्यङ्ग गरेका छन्। सहकारी ठगीको आरोपमा जेलमा रहेका लामिछानेलाई ‘स्मार्ट ठग’को संज्ञा दिँदै आएका बस्नेतले  अध्यक्ष दाहाललाई ‘नानीको बा’ भन्दै व्यंग गरेका छन्।  

‘नो नोट अगेन’ को नारासहित स्मार्ट ठगले हिजो बा, देउवा र नानीका बालाई राजनीतिबाट निकाल्छु भन्थे,’  उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ विडम्बना, आज उल्टै जेलमुक्त गराउन नानीको बालाई नै नख्खु कारागारमा बोलाए छन्।’

भैरहवा कारागारबाट हालसालै नख्खु कारागारमा रहेका रविलाई लिएर उनले व्यङ्ग गरेका हुन्। यस अघि पनि बस्नेतले रविका बारेमा सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी गर्दै आएका छन्।

प्रकाशित: ५ भाद्र २०८२ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App