४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

महेशको दाबी : बहुमत जेनजीले प्रधानमन्त्रीको राजीनामा मागिसके, हामी संवादमा छौँ

फाइल तस्बिर

नेकपा एमालेका नेता महेश बस्नेतले हाल सक्रिय रहेका जेनजी समूहमध्ये बहुमत समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागिसकेको दाबी गरेका छन्। शुक्रबार नेसनल भोलिन्टियस फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै बस्नेतले ती सबै समूहले प्रतिनिधिसभा विघटन गर्नु पनि गलत भएको निष्कर्ष निकालिसकेको दाबी गरे।  

‘अहिले जेनजीका ४३ वटाभन्दा बढी समूह सक्रीय छन्,’ बस्नेतले भने, ‘तीमध्ये २३ वटा समूहले राष्ट्रपति ज्युकोमा गएर प्रधानमन्त्रीको राजीनामा मागिसकेका छन्।’  

आफूहरू ती सबै जेनजी समूहसँग नजिक भएर वार्ता गरिरहेको उनले बताए। उनले अगाडि भने, ‘ती समूहले बालेनको स्टाटसले सेनासँग वार्ता गर्नु र संसद् विघटन गर्नु बेठिक भयो भन्ने निष्कर्ष निकालिसकेका छन्।’  

जेनजीका ती समूहरू संसद् पुनर्स्थापना गर्ने चाहनाका पुगेको पनि बस्नेतले दाबी गरे। ‘उनीहरू सरकारमा आफ्नो प्रतिनिधित्व चाहन्छन्। सुशीला कार्की जेनजीको प्रतिनिधि होइन, कुलमान हाम्रो प्रतिनिधि होइन। हामीले भ्रष्टाचारविरुद्ध अभियान चलाएको हो कुलमान र रामेश्वर जस्ता विवादित र भ्रष्टाचारमा मुछिएका व्यक्ति हाम्रो चाहना होइन भनिरहेका छन्,’ उनले भने।

प्रकाशित: ५ मंसिर २०८२ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App