१६ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

महेश बस्नेत भन्छन्ः गिरफ्तारीको षड्यन्त्र र ‘मिडिया ट्रायल’ भइरहेको छ

नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

आफ्नो फोन ‘अफ’रहेको र आफू फरार भएको भन्ने प्रचार पूर्णतः भ्रामक रहेको स्पष्ट पार्दै उनले यस्ता हल्ला फैलाएर जनमत भ्रमित गर्ने प्रयास भइरहेको बताएका छन्। उनले यस्ता गतिविधिको परिणाम सम्बन्धित पक्षका लागि नै कठिन हुने चेतावनी पनि दिएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले तीन वर्षअघि नै एक ‘फेक व्यक्ति’ प्रयोग गरेर आफ्नो विरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको दाबी गरेका छन्। उनले सो जाहेरी प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको र त्यससम्बन्धी उच्च अदालत पाटनमा दायर रिट समेत खारेज भइसकेको बताएका छन्।

बस्नेतका अनुसार, अहिले सोही विषयलाई लिएर पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ। यस्तो अवस्थामा फेरि उही व्यक्तिलाई प्रयोग गरी ‘तेस्रो पटक नक्कली जाहेरी’ दर्ता गराएर आफूलाई पक्राउ गर्ने योजना बनाइएको र मिडिया ट्रायलसमेत भइरहेको उनले आरोप लगाए।उनले यो कार्यलाई बालेन शाह नेतृत्वको निरङ्कुश र अधिनायकवादी शैलीको सरकार तथा गृहमन्त्री सुधन गुरुङद्वारा सञ्चालित कुकर्म भएको आरोपसमेत लगाए।

प्रकाशित: १६ चैत्र २०८२ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App