एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ।
बुधबार बिहानै साइबर ब्युरो पुगेका बस्नेतलाई प्रहरीले बयान लिइरहेको छ। उनलाई एक महिलाले दिएको जाहेरीको आधारमा प्रहरीले बयान लिएको थियो।
केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो।
प्रकाशित: २२ आश्विन २०८२ १०:१६ बुधबार





