२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

केपी ओलीलाई अगाडि राखेर महेश बस्नेतले भने: ७४ जनाको हत्या कसले गर्‍यो ?

फाइल तस्बिर

नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले जेन-जी आन्दोलनका नाममा ७४ जनाको हत्या कसले गर्‍यो भन्दै प्रश्न गरेका छन् ।  

भक्तपुरको गुण्डुमा आयोजित राष्ट्रिय युवा संघको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिएपछिमात्र आगजनी तोडफोड र हत्या भएको आरोप बस्नेतले लगाए ।  

कार्यक्रममा एमाले अध्यक्ष ओली पनि सहभागी छन् । उनी जेन-जी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सार्वजनिक भएका छन् । 

प्रकाशित: ११ आश्विन २०८२ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App