२६ भाद्र २०८२ बिहीबार
image/svg+xml १४:१८ अपराह्न
राजनीति

महेश बस्नेतले देखेनन् रवि र रामेशबीच फरक

नेकपा (एमाले) का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाबीच फरक नभएको टिप्पणी गरेका छन्।

बस्नेतले रवि र रामेशलाई ‘पद आफैँले नै पाउनु पर्छ, नपाए अमेरिका जान्छु’ भनेर व्यङ्ग्य कसेका छन्। उनले थप भनेका छन्, ‘भात खानको लागि नेपाली नागरिकता त्यागेर अमेरिका भिजिट भिसामा पुगेका र उतैको नागरिक बनेर अनेक धन्दा गर्ने रवि लामिछाने र उपकुलपति पद नपाएर अमेरिका गएर राजीनामा दिने डाक्टरबीच फरक के नै रह्यो ?,’ उनले लेखेका छन्।

बस्नेतले यस्ता व्यक्तिको सहानुभूति देखाउन नहुने पनि बताएका छन्। देशमा महत्त्वपूर्ण जिम्मेवारी दिनुसमेत खेलबाड हुने भनाइ उनको छ। ‘नेपालमै योगदान दिन सक्ने सम्भावना बिर्सेर धैर्यता र सहनशीलता छाडेर स्वार्थका लागि देश छोड्नेहरूलाई देवत्वकरण गर्नु, सहानुभूति देखाउनुर  महत्त्वपूर्ण जिम्मा दिनु भनेको देशसँग खेलबाड गर्नु हो। यस्ता मानसिकताका मान्छेले नेतृत्व पाए भने बनाउने कुरा परै जाओस्, जे छ त्यही पनि ध्वस्त पार्छन्,’ उनले लेखेका छन्।

यसअघि नै अमेरिका पुगेका रामेशले बुधबार (हिजो) मात्रै राजीनामा दिएका छन्। यसपछि मुख्यत: सामाजिक सञ्जालहरूमा हल्लाखल्ला मच्चिएको छ। धेरैले उनका प्रति सहानुभूति देखाएका छन् भने राजनीतिक दल तथा नेताहरूलाई गाली गरेका छन्।

पहिल्यै अमेरिका गएर त्यतैका नागरिक भइसकेका रवि अहिले नेपालमै थुनामा छन्। सहकारी ठगीमा मुछिएर थुनामा पुगेका लामिछानेले नेपाल फर्किएर रास्वपा गठन गरी उपप्रधान तथा गृहमन्त्री भइसकेपछि मात्रै आधिकारिक रूपमा नेपाली नागरिकता पुनर्प्राप्ति गरेका थिए।

प्रकाशित: २९ श्रावण २०८२ १९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App