९ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

महावीरको चिन्ता: यस्तै ताल हो भने जेन–जी आन्दोलन तुहिन्छ, पुरानै फर्कन्छन्

शिक्षामन्त्री महावीर पुनले निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजीले पुरानै पापी भ्रष्टाचारी  फेरि निर्वाचित भएर आउनेमा चिन्ता व्यक्त गरेका छन्। आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइने भन्दै उनले पुराना पार्टी आए अहिलेका राम्रा काम सबै उल्ट्याउने सुनाए ।  

‘हेर्नुहोस् १२३ दल दर्ता भइसके र ३२ दल दर्ता हुने प्रक्रियामा र यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफै खन्दै छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसारमा फुटेर होइन की आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ।’  

नेपालीहरू फुट्ने र सानोतिनो कुराहरूमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको बताउँदै यस्तै हो भने पुारन जाली फटाहाको  शासन फेरी फर्कने सुनाए ।  

‘यस्तै ताल हो भने नेपालमा बृद्ध नेताहरूको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरूको र आसेपासेहरूको शासन फेरि फर्किन्छ। जेन–जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ ,’ उनले भने, ‘अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरू र निर्णयहरू पुरानै पापी भ्रष्टाचारी पार्टीहरू फेरि निर्वाचित भएर आए भने उलट्याउँछन।’

प्रकाशित: १ मंसिर २०८२ ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App