२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउँछ : अध्यक्ष दाहाल

फाइल तस्बिर

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

उनले थारू समुदायको माघी पर्व तथा मगर समुदायलगायत आ–आफ्नो ऐतिहासिक मान्यता र संस्कृतिअनुसार विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्तिको सुखद अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन्।

अध्यक्ष दाहालले यस पर्वले नेपालको आदिम समाज, मानव सभ्यताको ऐतिहासिक विकास प्रक्रिया र श्रम संस्कृतिप्रतिको सम्मानलाई उजागर गरेको पनि उल्लेख गरेका छन‍्। उनले विविधताबीच एकता कायम गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

सन्देशमा भनिएको छ, 'नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा रहेको हाम्रो संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको राष्ट्रिय एकतालाई आत्मसात् गरेको छ, हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ, यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ।' 

प्रकाशित: १ माघ २०८२ ०९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App