मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो पदबाट राजीनामा दिएका छन्।
बुधबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिन पुगेका यादवले विश्वासको मत प्राप्त गर्ने अङ्कगणित नपुग्ने देखेपछि रोस्ट्रमबाटै राजीनामाको घोषणा गरेका हुन्।
१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार जोगाउन वा विश्वासको मत पाउन ५३ सांसदको समर्थन आवश्यक पर्दथ्यो। तर, मुख्यमन्त्री यादव स्पष्ट अल्पमतमा देखिएका थिए।
उनको पक्षमा नेकपा एमालेका २४, राप्रपा नेपालका १ र नेपाल सङ्घीय समाजवादीका १ गरी जम्मा २६ सांसदको मात्र समर्थन रहेको थियो।
आवश्यक संख्याभन्दा धेरै कम समर्थन रहेकाले उनले विश्वासको मत लिने प्रक्रियामा नगई राजीनामाको बाटो रोजेका हुन्।
प्रकाशित: १७ मंसिर २०८२ १५:२९ बुधबार




