मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनार (सोनल) ले भोजपुरी भाषामा शपथ लिएका छन्।
मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए।
उनलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ। यो पार्टीको मधेस प्रदेश सभामा एक जना सदस्य छ।
सोनलसँगै जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता महेश यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेलले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने भएका छन्।
प्रकाशित: ३० आश्विन २०८२ १३:३४ बिहीबार





