२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

माधव नेपालले आफूसहितका नेतालाई माओवादीमा विसर्जन गराए: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी छोडेका नेता कार्यकर्तालाई एमालेमा भित्र्याउँदै माधव नेपालको आलोचना गरेका छन् ।  

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले माधव नेपालसहितका नेताहरू माओवादी पार्टीमा गएर विसर्जन भएको जिकिर गरेका छन् ।

उनले एमालेका मान्यतामा अडिग भएर बलियो पार्टी बनाउने संकल्पलाई ध्यान नदिइ माधव नेपालसहितका नेता तथा पार्टी माओवादीमा विसर्जन भएको टिप्पणी गरे ।  

उनले भने, ‘वास्वतमा माधव नेपालको नेतृत्वमा नेकपा एमालेका मान्यतामा अडिग रहेर बलियो पार्टी निर्माण गर्ने संकल्प आज माओवादी पार्टीमा विसर्जनका रुपमा अन्त्य भएको छ।’  

महासचिव पोखरेलले देशलाई सधैँ संकटबाट बचाउने पार्टी एमाले नै भएको दावी पनि गरे । उनले भने, ‘हामीले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा हाम्रो पार्टी नेकपा एमाले जतिबेला राष्ट्रमाथि चुनौती उत्पन्न हुने गर्छ त्यतिबेला राष्ट्रलाई संकटबाट बाहिर निकाल्नका लागि अघि बढ्छ भन्ने कुरा इतिहासले पुष्टि गरेको छ।’

प्रकाशित: २४ कार्तिक २०८२ १७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App