१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

एकैदिन राष्ट्रपतिसँग माधव र झलनाथको छुट्टाछुट्टै भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग शनिवार नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले भेटवार्ता गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका दुवै नेताले छुट्टाछुट्टै शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।  

पहिले बिहान पूर्व प्रधानमन्त्री नेपाल शीतल निवास पुगेका थिए। राष्ट्रपतिसँग उनको झन्डै एक घण्टा वार्त भएको शीतलनिवासस्रोतले जनाएको छ।  

त्यसपछि करिब १० बजेतिर राष्ट्रपति पौडेललाई भेट्न खनाल पनि शीतल निवास पुगेका थिए। उनी पनि त्यहाँ एक घण्टा बसेका थिए।  

खनालसँगको भेटका अवसरमा राष्ट्रपति पौडेलले खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए। सँगै उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि व्यक्त गरेका थिए।

दुई पूर्व प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको समसामयिक राजनीतिक अवस्था, मुलुकका चुनौती र फागुन २१ को निर्वाचनबारे कुराकानी गरेका थिए। राष्ट्रपति पौडेलले मुलुक संकटमा रहेको बताउँदै निर्वाचनबाटै त्यसको समाधान निस्किने भएकाले वातावरण बनाउन लागि दिन आग्रह गरेको स्रोतले बतायो।  

दुवै पूर्व प्रधानमन्त्रीले पनि राष्ट्रपति पौडेलसँग फागुन २१ मै चुनावको विकल्प नभएको बताएका थिए।  

प्रकाशित: १२ पुस २०८२ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App