१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

लिङ्देनको दाबी: आगजनीमा राप्रपाको संलग्नताको आरोप झूट

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेन–जी आन्दोलनमा राप्रपाको घुसपैठ र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्ने आरोपको खण्डन गरेका छन्। बिहीबार पत्रकारसँग कुराकानी गर्दै लिङ्देनले यस्तो बताएका हुन्। 

‘सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा राप्रपा संलग्न थियो भन्ने कुरा झूट हो, त्यसको म पूर्ण रूपले खण्डन गर्न चाहन्छु,’ लिङ्देनले भने, ‘राप्रपाले सबैभन्दा माथि देशलाई राखेको छ। देशको भौतिक सम्पत्ति नष्ट गर्ने, व्यक्तिको सम्पत्ति नष्ट गर्ने कुरा हामी कल्पना पनि गर्नसक्दैनौं।’ 

कोही व्यक्तिगत रूपमा राप्रपाको मानिस संलग्न भए तिनीहरूलाई कारबाही हुनुपर्ने अध्यक्ष लिङ्देनले बताए। ‘र, त्यस्तो पुष्टि भए पार्टी आफै पनि कारबाही गर्नेछ। पार्टीको सदस्यता खारेज गरेर कारबाही गरेर जान्छ,’ उनले भने। जेन–जी आन्दोलनले उठाएका मुद्दा र आन्दोलनमा भने राप्रपाको ऐक्यबद्धता रहेको उनले स्वीकार गरे। उनले अगाडि भने,‘त्यसमा विवादै छैन। राप्रपाले ती विषयहरू लामो समयदेखि उठाइरहेको थियो र देशमा एउटा शान्तिपूर्ण आन्दोलनको जरुरी छ, सरकारलाई र व्यवस्थालाई सच्याउन जरुरी छ भनेर हामीले भनिराखेकै थियौँ।’

प्रकाशित: २ आश्विन २०८२ १६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App