११ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

नेताहरूलाई भगवान् बनाउन छोडौँ : भावना राउत

जेनजी अभियन्ता भावना राउतले नेपाली क्रिकेटको उपलब्धिलाई कुनै एक नेताको योगदानका रूपमा मात्र व्याख्या नगर्न आग्रह गरेकी छन्।  

राउतले केपी शर्मा ओलीका कारण मात्रै क्रिकेट रंगशाला बनेको वा नेपाली क्रिकेटले अहिलेको उपलब्धि हासिल गरेको भन्ने भाष्यप्रति असहमति जनाउँदै यसमा खेलाडी, समर्थक र वर्षौँदेखि क्रिकेटको विकासमा योगदान गर्ने सबैको भूमिका रहेको उल्लेख गरेकी छन्।  

‘न त केपी ओलीले गर्दा यो स्टेडियम बनेको हो, न त उनकै कारणले नेपाली क्रिकेट यहाँसम्म आइपुगेको हो । यस्ता कुरामा नेताहरूलाई भगवान् बनाउन छोडौँ न,’ उनले भनेकी छन्। 

प्रधानमन्त्रीले जनताको करबाट प्राप्त स्रोत परिचालन गर्दै आफ्नो जिम्मेवारी पूरा गर्नु कर्तव्य भएको उल्लेख गर्दै राउतले राम्रो कामको प्रशंसा गर्नुपर्ने तर जिम्मेवारी निर्वाह गरेकै आधारमा कसैलाई भगवान् बनाउन नहुने धारणा राखेकी छन्। 

‘हाम्रै करको पैसाबाट, हाम्रै सेवा गर्छु भनेर प्रधानमन्त्री बनेको मान्छेले आफ्नो जिम्मेवारी पूरा गर्नु कुनै चमत्कार होइन । त्यो उसको कर्तव्य हो । राम्रो कामको प्रशंसा गरौँ, तर कर्तव्य निभाएकै भरमा कसैलाई भगवान् नबनाऔँ,’ उनले भनेकी छन्। 

उनले नेपाली क्रिकेट पर्याप्त सुविधा, स्रोत र अवसर नहुँदा पनि खेलाडीहरूले कठिन परिस्थितिमा निरन्तर संघर्ष गर्दै देशको झन्डामुनि खेलिरहेको उनको भनाइ छ। 

उनले आजको उपलब्धिलाई कुनै एक प्रधानमन्त्रीको कार्यकालको परिणामका रूपमा मात्र बुझ्न नहुने बताउँदै नेपाली क्रिकेटको विकास दशकौँदेखिको संघर्ष, निरन्तरता र सामूहिक योगदानको प्रतिफल भएको उल्लेख गरेकी छन्। 

‘आजको यो उपलब्धि कुनै एक प्रधानमन्त्रीको कार्यकालको मात्रै कथा होइन । यो दशकौँको संघर्ष, निरन्तरता र सामूहिक योगदानको परिणाम हो। सरकार आउँछन्, जान्छन् । प्रधानमन्त्री फेरिन्छन्,’ उनले भनेकी छन्। 

प्रकाशित: ११ कार्तिक २०८३ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App