ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने बताएका छन् ।
जेन-जी प्रदर्शनका क्रममा आगजनी भएको संसद भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले क्षति भएका सबै संरचना सबैले मिलेर बनाउनुपर्ने बताएका हुन् ।
विदेशी सहयोग माग्ने भन्दा पनि नेपालीले नै सहयोग संकलन गरेर भत्किएका संरचना बन्नुपर्ने घिसिङले बताए ।
उनले भने, ‘हाम्रो जुन जलेका र भत्किएका संरचनाहरु छन्, त्यो हामी सबैले मिलेर बनाउनुर्छ । यसका लागि विदेशी सहयोग भन्दा पनि हामीले कोष बनाएका छौं । त्यसमा नेपालमा र विदेशमा बस्ने हरेक नेपालीले सहयोग गरेर हाम्रा संरचनाहरु पुनस्थापना गर्न सक्छौं ।’
प्रकाशित: १ आश्विन २०८२ १७:०० बुधबार





